Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

एमालेले गर्‍यो गाउँपालिका उपाध्यक्षलाई पार्टीबाट निष्कासन, कांग्रेसलाई भोट मागेको आरोप

एमालेले गर्‍यो गाउँपालिका उपाध्यक्षलाई पार्टीबाट निष्कासन, कांग्रेसलाई भोट मागेको आरोप

धनकुटा : नेकपा एमालेले धनकुटाको साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई पार्टीबाट निष्कासन गरेको छ । शुक्रबार धनकुटा जिल्ला कमिटी बैठकले गाउँपालिका उपाध्यक्ष राईलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो ।

उपाध्यक्ष राईमाथि प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई भोट मागेको आरोप लागेको छ । लामो समयदेखि पार्टीको सम्पर्कमा नरहेको, पटक पटक सम्पर्कमा आउन ताकेता गर्दा पनि नमानेपछि कारबाही गरिएको एमाले धनकुटाका अध्यक्ष शिव आङ्लाले बताएका छन् ।

भीम राईको संयोजकत्वमा गठित छानबिन समितिले मुनालाई कारबाही सिफारिस गरेको थियो । धनकुटाबाट एमालेका राजेन्द्रकुमार राई पुनः निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट