Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

इनिशा बिकको बलात्कारपछि हत्याविरुद्ध भरतपुरमा विरोध प्रदर्शन

इनिशा बिकको बलात्कारपछि हत्याविरुद्ध भरतपुरमा विरोध प्रदर्शन

चितवन :  भरतपुरको चौबीस कोठिमा इनिशा बिकको बलात्कार पछि हत्याको विरुद्ध बिरोध प्रदर्शन कार्यक्रम सप्पन्न भएको छ । सो कार्यक्रम जात ब्यवस्था उन्मुलन मोर्चा जिल्ला समिती चितवन र बैज्ञानिक समाजवादी बिद्यार्थी जिल्ला समिती चितवनको आयोजनामा भएको हो ।

उक्त कार्यक्रममा बोल्दै गोबिन्द विस्वकर्माले हाम्रो छोरी बेटि हत्या , हिंसा, बलात्कारका घटना घटीरहदा पनि सरकार पक्षबाट कहिल्यै पनि चासो नदिएको गुनासो व्यक्त गर्नु भयो । इनिशा बिकको यहि फागुन २३ गते शनिबार बिहान सुर्खेतको जन जागरण सामुदायिक बन भित्र बलात्कार पछि हत्या गरेको अवस्थामा शव भेटिएको थियो । ४ जना युवकले बलात्कार गरि हत्या गरेको र त्यसमध्ये १ जना युवक पक्राउ परेको उहाले बताउनु भयो ।

सो कार्यक्रममा सहभागी सबैले दोषीलाई फासिको सजाय हुनु पर्ने र निर्दोषले न्याय पाउनु पर्ने बताउनु भएको थियो । बिरोध प्रदर्सनमा इनिशा बिकलाई न्याय दे, बलात्कारिलाई फाँसी दे , निर्मलाई पन्तलाई न्याय दे, म लास होइन चुप बस्न ज्युँदो मान्छे हो त्यसैले बोल्छु , कर्णाली प्रदेशको मुख्य मन्त्री यमलाल कडेल राजिनामा दे जस्ता पम्प्लेटहरु प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij