Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

नेपालले अब इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा नदिने

नेपालले अब इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा नदिने

काठमाडौँ  : नेपाल सरकारले इरानका नागरिकलाई दिँदै आएको ‘अन–अराइभल’ (आगमनपछि प्राप्त हुने) भिसा सुविधा बन्द गर्ने निर्णय गरेको छ।सरकारले भिसा नीतिमा परिमार्जन गर्दै अब नेपाल भ्रमण गर्न चाहने इरानी नागरिकले सरकारी तथा कूटनीतिक राहदानीबाहेक अन्य राहदानी प्रयोग गर्ने अवस्थामा विदेशस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगबाट पूर्वभिसा लिएर मात्र नेपाल प्रवेश गर्न पाउने व्यवस्था गरेको हो।

अध्यागमन विभागका अनुसार नयाँ निर्णयसँगै इरानी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वा अन्य नाकाबाट आगमनपछि भिसा उपलब्ध हुने छैन।यस निर्णयसँगै नेपालले ‘अन–अराइभल’ भिसा रोक लगाएका देशको संख्या १३ पुगेको छ। यसअघि नाइजेरिया, घाना, जिम्बावे, स्वाजिल्याण्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकलाई पनि यस्तो सुविधा नदिने सूचीमा राखिएको थियो।

सरकारले शरणार्थीको पहिचानस्वरूप ट्राभल डकुमेन्ट बोक्ने व्यक्तिहरूका लागि पनि नेपाल प्रवेशसम्बन्धी नियम कडाइ गरेको जनाएको छ।अध्यागमन विभागका अनुसार सुरक्षा, व्यवस्थापन तथा आप्रवासन प्रणालीलाई व्यवस्थित बनाउने उद्देश्यले भिसा नीतिमा यस्तो परिवर्तन गरिएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij