Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

इनिशा विक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन

इनिशा विक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन

काठमाडौँ : इनिशा विक हत्या प्रकरणका दोषीलाई कडा कारबाहीको माग गर्दै युवाहरूले शनिबार पनि काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । इनिशा विक हत्या प्रकरणको निष्पक्ष छानबिन गर्दै दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै युवाहरूको एक समूहले शनिबार काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले बलात्कारीलाई फाँसी दिने कानुन बनाउन माग गरेका छन् ।

त्यस्तै, महिला तथा दलितमाथिको हिंसा अन्त्य गर, पीडितलाई न्याय दे लगायतका नाराबाजी गरेका थिए । सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा विक मृत अवस्थामा भेटिएकी थिइन् । पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको देखिएपछि प्रहरीले अनुसन्धान जारी राखेको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij