Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

चितवन : चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

हिजो राति करिब १०:३० बजे मुग्लिङबाट नारायणघाटतर्फ जाँदै गरेको सेतो रङको आइचर ट्रकले विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०६–००७ प ५१४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको चितवन प्रहरीले जनाएको छ।

मोटरसाइकलमा पछाडि सवार चितवन माडी नगरपालिका–६ बस्ने २६ वर्षीय शंकर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव हाल भरतपुरस्थित पुरानो मेडिकल कलेजमा राखिएको छ।दुर्घटनामा मोटरसाइकल चालक चितवन माडी नगरपालिका–८ कल्याणपुर बस्ने २८ वर्षीय मौसम रामधाम सामान्य घाइते भएका छन्। प्रदेश १०२-००२ ख०४३९ नं.को ट्रक चालक उदयपुर कटारी नगरपालिका–२ बस्ने ३२ वर्षीय खिलराज थापालाई आज बिहान ७ बजे जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट