Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

ओभरटेक विवादमा कार चालकद्वारा दुई मोटरसाइकल राइडरमाथि आक्रमण, भिडियो भाइरल

ओभरटेक विवादमा कार चालकद्वारा दुई मोटरसाइकल राइडरमाथि आक्रमण, भिडियो भाइरल

काठमाडौं : सडकमा ओभरटेकको सामान्य विवादले कुटपिटको रूप लिँदा दुई मोटरसाइकल राइडरमाथि कार चालकले आक्रमण गरेको घटना सामाजिक सञ्जालमा भाइरल भएको छ।

‘बागमती बीएसी ५२८१’ नम्बरको स्यान्ट्रो कारका चालकले अश्लील गालीगलौज गर्दै बीच सडकमै राइडरहरूलाई हातपात गरेको भिडियो सार्वजनिक भएको हो। भिडियोअनुसार रोकिएको गाडीलाई कारले अचानक ओभरटेक गर्दा विपरीत दिशाबाट आएका दुई राइडर दुर्घटनाबाट मुस्किलले जोगिएका थिए। त्यसपछि अगाडि रोकिएर भएको भनाभनका क्रममा चालकले आक्रमण गरेको देखिन्छ।

भिडियोमा चालकले राइडरहरूलाई ज्यान मार्ने धम्की दिँदै कुटपिट गरेको, गोप्रो क्यामेरा फुटाइदिने धम्की दिएको, बाइकको चाबी थुतेको र एउटा बाइक भुइँमा लडाइदिएको दृश्य देखिन्छ। राइडरहरूले ‘हाम्रो गल्ती भयो, सरी दाइ’ भन्दै माफी माग्दा पनि चालक शान्त नहुँदै ‘हाइवेमा जे पनि गरिदिन्छु’ भन्दै दादागिरी देखाएको सुनिन्छ। अन्त्यमा चालकले धम्क्याउँदै राइडरमध्ये एक जनाको फोन नम्बर समेत लिएको भिडियोमा देखिन्छ। पीडित राइडरहरू युट्युब च्यानल ‘RG Rider Vlog’ का विशाल तामाङ र ‘RB Vlog Legend’ का लक्सकुमार राई रहेको खुलेको छ।

उनीहरूका अनुसार घटना शनिबार मध्यान्ह करिब १२ बजे भक्तपुरको तेलकोट (नगरकोट) क्षेत्रमा भएको हो। पीडितहरूले जिल्ला प्रहरी परिसर भक्तपुरमा जाहेरी दिएका छन् भने प्रहरीले घटनामा संलग्न कार चालकको खोजी गर्दै अनुसन्धान सुरु गरेको जनाएको छ। घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चालकको व्यवहारको तीव्र आलोचना हुँदै कडा कारबाहीको माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट