Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

सर्वोच्चले किशोरी साहको पक्षमा अन्तरिम आदेश नदिँदा मातृकाको प्रमाणपत्र कायम

सर्वोच्चले किशोरी साहको पक्षमा अन्तरिम आदेश नदिँदा मातृकाको प्रमाणपत्र कायम

काठमाडौं : सर्वोच्च अदालतले धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। यससँगै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गर्ने निर्णय हाललाई कायम रहने भएको छ।

यादवले आयोगको निर्णय खारेज गर्न माग गर्दै रिट दायर गरेका थिए। तर सर्वोच्च अदालतले यसबारे अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गर्दै, अन्तिम फैसलाअनुसार निर्णय हुने भएको जनाएको छ।

यसैसँगै धनुषा–१ मा नेकपाका उम्मेदवार मातृका यादवले पाएको विजयी प्रमाणपत्र हाल कायम रहने भएको छ।

किशोरी यादवले आफूलाई कालोसूचीबाट हटाउनको लागि दिएको अर्को रिटमाथि फैसला हुन बाँकी छ। त्यस फैसलापछि धनुषा–१ को अन्तिम परिणाम टुंगो लाग्नेछ। हालका लागि नेकपाका यादवले शपथ लिन पाउने स्थिति छ।

धनुषा–१ को फैसला रास्वपाको दुई तिहाइ बहुमतमा महत्वपूर्ण मानिन्छ। रास्वपा हाल दुई सिटले मात्र दुई तिहाइ बहुमतबाट टाढा छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट