काठमाडौँ : सेवाग्राहीलाई दुर्व्यवहार गरेको आरोपमा एक जना राइड सेयरिङ प्लेटफर्म याङ्गोका चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३२ क्षेत्रपाटी घर भएका कुमार श्रेष्ठ छन् ।
एक जना महिला सेवाग्राहीलाई उनले सडकमा अपशब्द बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । फागुन २६ मा काठमाडौँ महानगरपालिका वडा नम्बर–२६ बालाजुबाट काँडाघारी जान खोज्दा श्रेष्ठले सेवाग्राहीलाई सार्वजनिक ठाउँमा अभद्र व्यवहार गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टले रातोपाटीलाई बताए ।
आरोपीलाई आइतबार टेकुबाट पक्राउ गरेर थप अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त बालाजुमा पठाइएको एसपी भट्टले जानकारी दिए । बालाजुबाट काँडाघारी पुग्न टाढा हुने विषयमा विवाद सुरु गरेर आरोपीले सेवाग्राहीलाई सार्वजनिक ठाउँमा अपशब्द प्रयोग गरेका हुन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij