काठमाडाैँ : नेपालमा पछिल्लो समय ह्वाट्सएप ह्याक गरी नजिकका साथीभाइ तथा आफन्तहरूलाई आपत्कालीन अवस्थाको बहाना बनाएर पैसा माग्ने ठगीका घटनाहरू उल्लेख्य रूपमा बढेका छन्। यस्ता घटनाप्रति सजग रहन नेपाल प्रहरीको साइबर ब्यूरोले सर्वसाधारणलाई विशेष अनुरोध गरेको छ।
प्रहरी उपरीक्षक तथा प्रवक्ता दिपकराज अवस्थीले यस्ता सन्देशहरूमा हतारमा विश्वास नगर्न आग्रह गर्दै आवश्यक परे सम्बन्धित व्यक्तिलाई प्रत्यक्ष फोन गरेर मात्र पुष्टि गर्न सुझाव दिएका छन्।
साइबर ब्यूरोले यस्ता ठगीबाट बच्न निम्न सावधानी अपनाउन आग्रह गरेको छ ।
अपरिचित वा शंकास्पद सन्देशमा तुरुन्त विश्वास नगर्ने
पैसा पठाउनु अघि सम्बन्धित व्यक्तिसँग प्रत्यक्ष सम्पर्क गरेर पुष्टि गर्ने
शंकास्पद लिंक, QR कोड वा फाइल क्लिक/डाउनलोड नगर्ने
WhatsApp मा Two-Step Verification अनिवार्य रूपमा सक्रिय गर्ने
OTP वा Verification Code कसैलाई पनि नदिने
मोबाइल तथा एप्स नियमित रूपमा अपडेट गर्ने
WhatsApp Web प्रयोगपछि अनिवार्य रूपमा Log out गर्ने
साइबर ब्यूरोले यस्ता घटनामा सतर्कता अपनाए मात्र ठगीबाट बच्न सकिने बताउँदै कुनै शंका लागेमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा जानकारी दिन पनि आग्रह गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij