Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

बर्डफ्लु नियन्त्रणका लागि समन्वयात्मक अभियान

बर्डफ्लु नियन्त्रणका लागि समन्वयात्मक अभियान

काठमाडौँ : पशु सेवा विभागले मोरङ जिल्लाका दुई स्थानीय तहमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण पुष्टि भएको जनाएको छ। नियमित निगरानीका क्रममा संकलित नमुनाको परीक्षणबाट H5N1 प्रजातिको उच्च रोगजन्य बर्डफ्लु फेला परेको विभागका महानिर्देशक डा. उमेश दाहालले जानकारी दिएका छन्।

उनका अनुसार सुन्दरहरैंचा नगरपालिका–४ र उर्लाबारी नगरपालिका–८ मा पालिएका कुखुराबाट संकलित नमुनालाई केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयको निर्णयअनुसार ती क्षेत्रलाई “संक्रमित क्षेत्र” घोषणा गरिएको छ। साथै, बर्डफ्लु नियन्त्रणका लागि आवश्यक कदमहरू तीव्र रूपमा अघि बढाइएको विभागले जनाएको छ।

प्रभावित क्षेत्रभित्र रहेका कुखुरा, अण्डा तथा अन्य कुखुराजन्य उत्पादनहरू सुरक्षित रूपमा नष्ट गर्ने कार्य सुरु गरिएको छ भने आवश्यक स्थानहरूमा निसंक्रमण (डिसइन्फेक्सन) गर्ने काम पनि भइरहेको छ।

संक्रमण थप फैलिन नदिन कुखुरा तथा कुखुराजन्य सामग्रीको ओसारपसारमा कडाइ गरिएको छ। स्थानीय, प्रदेश र संघीय निकायबीच समन्वय गरी नियन्त्रण तथा रोकथाम अभियान सञ्चालन भइरहेको विभागले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट