Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

अवैध लागूऔषधसहित ९ जना पक्राउ

अवैध लागूऔषधसहित ९ जना पक्राउ

काठमाडौं :  अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ परेका छन्।दाङको लमही नगरपालिका-४ शान्तिनगर बस्ने २० वर्षीय गुलाम हुसेनलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ६० मिलिग्राम सहित शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।

मोरङको विराटनगर महानगरपालिका-११ विराटनगर बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ग्राम सहित भारत बिहार अररीया फारबिसगंज-२५ बस्ने २५ वर्षीय बिपुल वर्मालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय विराटनगर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

सुनसरीको धरान उपमहानगरपालिका-१६ टेम्पो स्टेन अगाडिबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट र डिकोलिक ३ सय ट्याब्लेट सहित सोही ठाउँ बस्ने २२ वर्षीय आयुष गुरूङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी चौकी जोरसखुवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

तनहुँको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडाबाट नियन्त्रित लागूऔषध डाईजेपाम ७ एम्पुल, फेनारगन ७ एम्पुल र बुप्रेनोर्फिन ७ एम्पुल सहित सोही नगरपालिका-२ कोत्रे बस्ने ३१ वर्षीय सागर गुरूङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

इलामको इलाम नगरपालिका-८ सिंहबाहिनी डेरा गरी बस्ने माई नगरपालिका-५ घर भएका २० वर्षीय बिबेक लिम्बु समेत ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले बिबेकको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

चितवनको खैरहनी नगरपालिका-१३ हर्नरी बस्ने २४ वर्षीय करन मर्दनियालाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय २२ ट्याब्लेट र एनारगन ३ सय ३० ट्याब्लेट सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट