काठमाडाैँ : हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएकाे छ। रामनवमी र इदको अवसरमा माइकको आवाज चर्को भएको विषयमा सुरु भएकाे झडप उग्र हुँदै गएपछि जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेकाे हाे।
सम्भावित झडपलाई रोक्न कुनै किसिमको भेला, सभा, जुलुस गर्न नपाउने गरी शनिबार दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा जारी गरिएकाे हाे। निषेधाज्ञा पूर्वमा बर्गदी पुल, पश्चिम बहादुरगञ्ज चोक, उत्तर महाराजगन्ज बजार र दिक्षणमा हर्दौनासम्म छ।
झडपका क्रममा ढुंगा हानाहान भएकाे थियाे भने ५ जना घाइते भएका छन्। अहिले स्थिति भने नियन्त्रणमा आइसकेको बनाइएकाे छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij