Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

साढे तीन लाखसहित ११ जुवाडे पक्राउ

साढे तीन लाखसहित ११ जुवाडे पक्राउ

पोखरा :  पोखराबाट जुवातास खेल्ने र खेलाउनेहरू पक्राउ परेका छन् । पोखरा–१७ ड्यासाइडमा जुवा खेलिरहेको अवस्थामा आइतबार ११ जना पक्राउ परेका हुन् ।वडा प्रहरी कार्यालय बैदामको टोलीले झण्डै साढे ३ लाख नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जुवाको खालबाट ३ लाख ४६ हजार ९ सय ६५ रुपैयाँ नगद बरामद गरेको कास्की प्रहरी प्रवक्ता डीएसपी हरीबहादुर बस्नेतले जानकारी दिए ।उनका अनुसार, १० बुक तास पनि प्रहरीले फेला पारेको थियो । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट