Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

रत्ननगर निपनी चोकमा तेलको ट्याङ्करले स्कुटरलाइ ठक्कर, एकको मृत्यु

रत्ननगर निपनी चोकमा तेलको ट्याङ्करले स्कुटरलाइ ठक्कर, एकको मृत्यु

चितवन : चितवनको रत्ननगर नगरपालिका–१, निपनी चोकमा सोमबार अपराह्न भएको सवारी दुर्घटनामा एक महिलाको ज्यान गएको छ।

 

मिति २०८२ चैत ९ गते दिउँसो करिब ३:२५ बजे खैरहनीबाट भरतपुरतर्फ जाँदै गरेको लु २ ख २८९४ नम्बरको डिजेल बोकेको तेल ट्याङ्करले भित्री सडकबाट निस्कँदै गरेको ना ५५ प ८०७७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

 

दुर्घटनामा स्कुटर पछाडि सवार भरतपुर महानगरपालिका–७ बस्ने अन्दाजी ३०–३५ वर्षीया मीना रेग्मीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। स्कुटर चालक ५३ वर्षीय पूर्ण सापकोटा भने सकुशल रहेका छन्।

 

उक्त ट्याङ्करले स्कुटरलाई ठक्कर दिएपछि सडक किनारमा रोकेर राखिएका अन्य सवारी साधनहरू—ना ६५ प ७८८३ र ना ५५ प ८०८३ नम्बरका मोटरसाइकल तथा एक साइकललाई समेत क्षति पुर्याएको छ।

 

दुर्घटनापछि ट्याङ्कर चालक राप्ती नगरपालिका–७ बस्ने २४ वर्षीय सुजन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको शव घटनास्थलमै राखिएको छ भने ट्याङ्कर पनि घटनास्थलमै रहेको छ।

 

घटनापछि यातायातलाई डाइभर्ट गरी सञ्चालनमा ल्याइएको छ। इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी नायब उपरीक्षक सुवाष भट्टको कमाण्डमा २० जना र जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी निरीक्षक भोला तिवारीको कमाण्डमा १७ जनाको टोली खटिएको थियो।

 

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट