नवलपुर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको बुलिङटार गाउँपालिका–६ घुमरीघाटस्थित कालीगण्डकी करिडोर सडकखण्डमा बलेरो जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
मंगलबार साँझ करिब ७ः४० बजे नारायणगढबाट रामपुरतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ज ०३६६ नम्बरको बलेरो दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालकसहित ७ जना सवारमध्ये ६ जना घाइते भएका हुन्। घाइतेहरूलाई प्रहरीले उद्धार गरी उपचारका लागि रकुवा स्वास्थ्य चौकी डेढगाउँ पठाएको छ।घाइते हुनेमा बुलिङटार–६ खजुरीकी २५ वर्षीया सपना कटेल (घाँटीमा भित्री चोट), तनहुँ घिरिङ–१ का २४ वर्षीय राजेश कुमाल (बायाँ हातमा चोट), सोही स्थानका २२ वर्षीय शीतल कुमाल (बायाँ खुट्टा र कुममा चोट), स्याङ्जा चापाकोट–९ की २८ वर्षीया अस्मिता देवकोटा (बायाँ खुट्टामा चोट), स्याङ्जा वालिङ–१० का २८ वर्षीय कृष्ण गैरे (बायाँ कुम पछाडि भित्री चोट) र पाल्पा रामपुर–२ सिताकुण्डकी १९ वर्षीया सलिना राना (अनुहारमा चोट) रहेका छन्।
बलेरो चालक पाल्पा रामपुर नगरपालिका–२ का २९ वर्षीय तारा बहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनापछि सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij