Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाउँदै गोकुलले भने - इतिहाससँग खेल्ने छुट कसैलाई छैन

कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाउँदै गोकुलले भने - इतिहाससँग खेल्ने छुट कसैलाई छैन

काठमाडौं : नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले जेनजी आन्दोलनबारे गठित गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै भदौ २४ गतेका विध्वंसात्मक घटनालाई विस्मृतिमा धकेल्न खोजिएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बास्कोटाले इतिहासले जवाफ मागेका पात्र र प्रवृत्तिहरू अन्ततः कठघरामा उभिनुपर्ने भए पनि त्यो प्रक्रिया एकतर्फी हुन नहुने स्पष्ट पारेका हुन् । 'इतिहासले जवाफ मागेका पात्र र प्रवृत्तिले कठघरामा उभिएर जवाफ त देलान् नै, तर त्यो एकतर्फी हुन सक्दैन,' उनले उल्लेख गरेका छन्।

उनले घटनाहरूलाई केवल एक कोणबाट मात्र विश्लेषण गर्दा वास्तविकता ओझेलमा पर्ने खतरा औँल्याउँदै कारण, परिणाम र प्रभावसँगै अन्य पक्षहरूको पनि समग्र मूल्यांकन आवश्यक रहेको बताएका छन्। 'घटनाहरू स्वतन्त्र कारणले देखापरे पनि तिनीहरू एक्ला हुँदैनन्,' उनले लेखेका छन्, 'कारण, परिणाम र प्रभावसँगै अर्को पक्ष पनि सँगै हुन्छ।'

बास्कोटाले विशेषगरी भदौ २४ गतेका आगजनी, तोडफोड र हिंसात्मक गतिविधिहरूलाई प्रतिवेदनले पर्याप्त रूपमा सम्बोधन नगरेको संकेत गर्दै त्यसलाई इतिहासबाट मेट्न नसकिने दाबी गरे। 'कार्की आयोगले २४ गते विस्मृतिमा धकेल्न खोजे पनि सम्भव छैन,' उनले भने।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट