Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

लागुऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ

लागुऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ:  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ।केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ महानगरपालिका–२६ ठमेल नरसिंह चोकस्थित सिटी हेभन होटलबाट लागुऔषध खैरो हेरोइनसहित सिरहा नगरपालिका–८ का २९ वर्षीय रक्कीकुमार यादवलाई पक्राउ गरिएको छ ।

यसैगरी, काठमाडौँ महानगरपालिका–१६ नयाँ बजार फलफूल चोकबाट लागुऔषध पोलेनसहित एक जना, भद्रपुर नगरपालिका–५ मेचीपुलबाट खैरो हेरोइनसहित एक जना, गुलरिया नगरपालिका–११ गणेशपुरबाट एक जना, लहान नगरपालिका–३ बाट एक जना र तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डीबाट दुई जनालाई पक्राउ गरिएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमाराबाट एक,कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईबाट दुई, धरान उपमहानगरपालिका–१६ पानीट्याङ्कीबाट ट्रामाडोल र स्पास्पेन ट्याब्लेटसहित दुई तथा सोही उपमहानगरपालिका–२० विष्णुपादुका पुलबाट १७ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट