Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

गाउँपालिका अध्यक्षसहित तीनजनाविरुद्ध बलात्कार मुद्दा दर्ता

गाउँपालिका अध्यक्षसहित तीनजनाविरुद्ध बलात्कार मुद्दा दर्ता

बुटवल : कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशरण चौधरीसहित तीनजनाविरुद्ध सामूहिक बलात्कारको मुद्दा दर्ता भएको छ।अध्यक्ष कमलेशरणसहित सरकारी वकिल कार्यालयले राजेश्वर चौधरी र सन्तकुमार यादवविरुद्ध सामूहिक बलात्कार मुद्दा दर्ता गरेको हो। 

जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीले भैरहवा–१५ नाम परिवर्तनको जाहेरीका आधारमा मुद्दा अघि बढाएको हो।मुद्दा दर्तासँगै चौधरीको पदसमेत संकटमा परेको छ। यस प्रकरणमा सन्तकुमार भने हाल थुनछेकका लागि कारागारमा छन्। घटनाबारे पीडितले २०८१ असोज ६ गते किटानी जाहेरी दिएकी थिइन्।

यता, अध्यक्ष चौधरीले आरोप अस्वीकार गर्दै आफूलाई फसाइएको दाबी गरेका छन् र कानुनी लडाइँ लड्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij