चितवन : भरतपुर महानगरपालिका वडा नम्बर ५ स्थित रोयल उड पार्केट इन्डष्ट्रिज र रोयल बोर्ड प्रा.लि.मा सोमबार बिहान आगलागी भएको छ।
विद्युत सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागीबाट करिब ४ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको उद्योगका सञ्चालक जीवनकुमार श्रेष्ठले जानकारी दिएका छन्।
चैत १६ गते बिहान ३:३० बजेदेखि सुरु भएको आगो करिब ९ बजेतिर नियन्त्रणमा आएको थियो। आगो नियन्त्रणका लागि ५ वटा दमकल प्रयोग गरिएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij