Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ

काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ

काठमाडौं : काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाललाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले उनलाई मंगलबार बिहान काठमाडौँबाट नियन्त्रणमा लिएको हो ।

रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा अत्यधिक बल प्रयोग गरी प्रदर्शनकारीको दमन गरेको गम्भीर आरोप छ । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा रिजालले भदौ २३ गते संसद् भवन अगाडि प्रदर्शनकारीमाथि गोली चलाउन आदेश दिएको उल्लेख छ, जसमा परी १९ जनाको मृत्यु भएको थियो ।

आयोगको प्रतिवेदनमा भनिएको छ, सीडीओ रिजालले पानीको फोहोरा र लाठीचार्ज जस्ता नरम उपाय अवलम्बन गर्नुको साटो सिधै गोली चलाउन आदेश दिएर मानव अधिकारको गम्भीर उल्लंघन गरेका छन् । सोही प्रतिवेदनको आधारमा यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक समेत अनुसन्धानको दायरामा परिसकेका छन्।

नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखकका विश्वासपात्र मानिने रिजाल जेनजी आन्दोलनको दबाबपछि नियुक्त भएको एक महिना नपुग्दै सीडीओ पदबाट हटाइएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट