Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

सीआईबीको कारबाही: दीपक भट्ट नक्साल–गैरीधाराबाट पक्राउ, अनुसन्धान तीव्र

सीआईबीको कारबाही: दीपक भट्ट नक्साल–गैरीधाराबाट पक्राउ, अनुसन्धान तीव्र

काठमाडौं : सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा व्यवसायी दीपक भट्ट पक्राउ परेका छन्। उनलाई काठमाडौंको नक्साल–गैरीधारा क्षेत्रबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो।

सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार भट्टलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। उनीमाथि लामो समयदेखि सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको थियो।

केही दिनअघि मात्रै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको राहदानी रोक्ने निर्णय गरेको थियो। विभागले अध्यागमन विभागलाई पत्राचार गर्दै उनको आवतजावतमा रोक लगाउन निर्देशन दिएको थियो।

पछिल्ला दिनमा जेन–जी आन्दोलनपछि उनको सम्बन्धित अनुसन्धान थप तीव्र बनेको बताइएको छ। पक्राउपछि थप अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।

 
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट