काठमाडौं : प्रहरीको नियन्त्रणमा रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिन थालिएको छ। भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन दमनसम्बन्धी कसुरको अनुसन्धानका क्रममा उनलाई अस्पतालमै राखेर बयान लिइएको हो।
पक्राउपछि स्वास्थ्य समस्या देखिएपछि ओलीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। चिकित्सकहरूले उनलाई अस्पताल बाहिर लैजान नसकिने राय दिएपछि अनुसन्धान अधिकृत तथा सरकारी वकिलले अस्पतालमै बयान प्रक्रिया अघि बढाएका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार जाँचबुझ आयोगले किटान गरेका विषयमा उनीसँग बयान लिन सुरु गरिएको हो। प्रहरीका एसपी पवन भट्टराईका अनुसार अनुसन्धान प्रक्रिया अस्पतालमै जारी छ।
यसैबीच, सोही प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकको बयान भने पूरा भइसकेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ। सहन्यायाधिवक्ता रामहरी काफ्लेका अनुसार लेखकको बयान सम्पन्न भइसकेको हो।
घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरी र सरकारी वकिल कार्यालयले जनाएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij