काठमाडौँ : प्रहरीले काठमाडौँबाट गुण्डागर्दीमा संलग्न थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनाङ घर भएका कोर्तो गुरुङ र कैलालीको टिकापुर नगरपालिका–१ घर भएका २६ वर्षीय लक्ष्मण साउद छन् ।
कोर्तो गुरुङलाई रेम्बो र अजय गुरुङ भनेर चिनिन्छ । उनीहरूलाई काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
यसअघि पहरीले ३३ जना गुण्डाहरुलाई पक्राउ गरेको थियो । उनीहरूमाथि प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij