Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

चितवनका सरकारी कार्यालयहरू ‘बिचौलियामुक्त’ बनाइने, प्रशासनले कडा निर्देशन

चितवनका सरकारी कार्यालयहरू ‘बिचौलियामुक्त’ बनाइने, प्रशासनले कडा निर्देशन

चितवन : जिल्ला प्रशासन कार्यालय, चितवनले भर्खरै सार्वजनिक सूचना जारी गर्दै जिल्लाका सम्पूर्ण सरकारी तथा गैर-सरकारी कार्यालयहरूलाई पूर्ण रूपमा ‘बिचौलियामुक्त’ बनाउने घोषणा गरेको छ। गृह मन्त्रालयको निर्देशनअनुसार अब कुनै पनि कार्यालयमा सेवाग्राही र कर्मचारीबीच फाइदा लुट्ने बिचौलियाहरूलाई प्रवेश निषेध गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माद्वारा हस्ताक्षर गरिएको सूचनामा सेवाग्राहीलाई आफ्नो काम सिधै कार्यालयमा जान र कुनै पनि दलालको प्रयोग नगर्न अनुरोध गरिएको छ। कार्यालयहरूलाई पनि आफ्नो सेवा दिने तरिका सुधारेर जनताले सजिलै, छिटो र झन्झटबिना सेवा पाउने वातावरण बनाउन कडा निर्देशन दिइएको छ।

प्रशासनले आम नागरिकलाई सचेत गर्दै भनेको छ— “आफ्नो काम लिएर जाँदा कसैलाई पनि बिचौलिया नबनाउनुहोस्।” यदि कसैले ‘म काम छिटो मिलाइदिन्छु’ भनेर पैसा माग्छ वा दलाली गर्न खोज्छ भने कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।

यस नियमको प्रभावकारी कार्यान्वयनका लागि प्रशासनले दुईवटा मोबाइल नम्बर सार्वजनिक गरेको छ। यदि सरकारी कार्यालयमा बिचौलियाको काम देख्नुभयो, घुस मागियो वा अन्य अनियमितता भएको थाहा पाउनुभयो भने नडराईकन तलका नम्बरमा सिधै उजुरी गर्न सकिन्छ:

  • जिल्ला प्रशासन कार्यालय, चितवन : ९८५५०८८८९१
  • जिल्ला प्रहरी कार्यालय, चितवन : ९८५५०१३९९

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij