Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ : नेपालका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा नेपाली कांग्रेसका निवर्तमान सभापति र उनकी पत्नी, पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।

गृह मन्त्रालय स्रोतका अनुसार देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा अदालतबाट पक्राउ पुर्जी लिइएको हो र यस सम्बन्धमा आवश्यक प्रक्रिया अघि बढिरहेको छ।

गत भदौ २४ गते बूढानीलकण्ठस्थित देउवाको निवासमा आगलागी भएको थियो, जसमा दम्पती घाइते भएका थिए। घरको केही भाग जलेको अवस्थामा रकम भेटिएको भन्दै सामाजिक सञ्जालमा भिडियोहरू सार्वजनिक भएका थिए। हाल देउवा दम्पती स्वास्थ्य उपचारका लागि हङकङमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट