Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

दुई किशोरमाथी कुटपिट गर्ने पाँच जना पक्राउ

दुई किशोरमाथी कुटपिट गर्ने पाँच जना पक्राउ

काठमाडौँ :  काठमाडौँको गोकर्णेश्वरमा दुई जना युवकलाई कुटपिट गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत १७ मा दिउँसो गोकर्णेश्वर नगरपालिका–५ स्थित नयाँ बस्ती क्लब अगाडी किशोरहरूलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

आरोपीहरुले सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–४ घर भएका १७ वर्षीय मनोज तामाङ र १८ वर्षीय कर्म लामालाई कुटपिट गरेका हुन्। कुटपिटमा संलग्न ५ जनालाई केही दिनअघि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा काभ्रेको बेथानचोक घर भएका १९ वर्षीय निशान दुलाल, दोलखा घर भएका १९ वर्षीय राज कुमार बिक, दोलखा शैलुङका १८ वर्षीय राजेश बिक, पर्सा ठोरीका १८ वर्षीय सुमन थिङ र नुवाकोटका १८ वर्षीय युनिक पुडासैनी छन्।आरोपीहरू विरुद्ध प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट