चितवन : चितवनको भरतपुर महानगरपालिका–२९ खहरेस्थित मुग्लिन–नारायणगढ सडकखण्डमा बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक अनिल थापाका अनुसार बिहीबार बिहान करिब ४:१० बजे काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना.६ ख १८९० नम्बरको बसले सडक छेउमा रोकिराखेको लु.२ ख ५२७६ नम्बरको ट्रकलाई ठक्कर दिएको हो।
दुर्घटनामा ट्रक चालकसहित बस र ट्रकमा सवार ८ जना घाइते भएका छन्। घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको छ भने एक महिलाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेजमा लगिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए।
दुर्घटनापछि बस चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij