Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते

प्रचण्डको दाबी- शीर्ष नेताको सम्पत्ति छानबिन गर्ने निर्णय मेरो सरकार हुँदा नै गरेको हुँ

प्रचण्डको दाबी- शीर्ष नेताको सम्पत्ति छानबिन गर्ने निर्णय मेरो सरकार हुँदा नै गरेको हुँ

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शीर्ष नेताहरूको सम्पत्ति छानबिन गर्ने निर्णय आफू प्रधानमन्त्री हुँदा नै गरेको दाबी गरेका छन्।

सरकारले पूर्वप्रधानमन्त्री प्रचण्डसहित शेरबहादुर देउवा, केपी ओलीसहित सबै शीर्ष तहका नेताहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढाएको छ । सोहि सन्दर्भमा शनिबार पार्टी मुख्यालय पेरिस डाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

उनले भने- ‘सम्पत्ति छानबिनको कुरा मेरै पालामा निर्णय गरेको हो। मैले धेरै चोटी भनिसकेँ। हामी हेर्दै छौँ, अहिले नै टिप्पणी गर्ने बेला भएको छैन। सकेसम्म राम्रो गरोस् ।’ साथै प्रचण्डले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको बारे टिप्पणी गर्ने बेला अहिले नै नभएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट