Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

चितवनमा वैशाख १७ देखि ‘अटो शो’ सुरु हुने, करिब १०० स्टल रहने

चितवनमा वैशाख १७ देखि ‘अटो शो’ सुरु हुने, करिब १०० स्टल रहने

भरतपुर : भरतपुर मा आगामी वैशाख १७ गतेदेखि ‘चितवन अटो शो’ आयोजना हुने भएको छ। चितवन अटोमोबाइल डिलर्स एसोसिएसन र चितवन अटोमोबाइल एसोसिएसनको संयुक्त आयोजनामा हुने उक्त प्रदर्शनी वैशाख २१ गतेसम्म चल्नेछ।

कार्यक्रम चितवन प्रदर्शनी केन्द्र मा आयोजना गरिनेछ। आयोजकका अनुसार अटो शोको तयारी तीव्र रूपमा अघि बढाइएको छ।

कार्यक्रम संयोजक तथा चितवन अटोमोबाइल डिलर्स एसोसिएसनका पूर्व अध्यक्ष एवं चितवन उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष राजन पियाले अटो शोले अटोमोबाइल क्षेत्रमा भित्रिएका नवीन प्रविधि नजिकबाट अवलोकन गर्ने अवसर प्रदान गर्ने बताए।

उनका अनुसार नेपालमा बिक्री भइरहेका प्रायः सबै ब्राण्डका चार पाङ्ग्रे, दुई पाङ्ग्रे तथा हेभी कमर्सियल सवारी साधनहरू प्रदर्शनीमा राखिनेछन्। साथै अटोमोबाइलका विभिन्न कम्पोनेन्ट, बैंक तथा वित्तीय संस्था र इन्सुरेन्स कम्पनीका स्टलहरू समेत रहनेछन्।

करिब १०० वटा स्टल रहने अनुमान गरिएको छ। अटो शोमार्फत नयाँ प्रविधि अवलोकनसँगै व्यवसायिक अध्ययनको अवसर प्राप्त हुने आयोजकको भनाइ छ।

आयोजकहरूले अटो शो लक्षित गर्दै कम्पनीहरूले आकर्षक अफरहरू पनि ल्याउने तयारी गरिरहेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij