स्याङ्जा : नेपाल प्रहरी प्रधान कार्यालयको पत्रादेशअनुसार प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौर जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रमुखका रूपमा सरुवा भई औपचारिक रूपमा हाजिर भएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा आयोजित स्वागत कार्यक्रममा कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूले नवनियुक्त प्रमुख राठौरलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
पदभार ग्रहणपछि एसपी राठौरले जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवालाई प्रभावकारी बनाउने आफ्नो प्राथमिकता रहेको बताएका छन् । उनले प्रहरी संगठनभित्र अनुशासन, जिम्मेवारी र जनविश्वासलाई थप सुदृढ बनाउँदै आम नागरिकले अनुभूति गर्ने गरी सेवा प्रवाहमा सुधार गरिने प्रतिबद्धता व्यक्त गरे ।
उनले जिल्लाभित्र हुने विभिन्न आपराधिक गतिविधि नियन्त्रण, समुदाय–प्रहरी सहकार्य विस्तार तथा सुरक्षालाई थप मजबुत बनाउन सम्पूर्ण प्रहरी कर्मचारीलाई सक्रिय र जिम्मेवार ढंगले परिचालन हुन निर्देशन दिएका थिए । एसपी राठौरको आगमनसँगै जिल्ला प्रहरी कार्यालय स्याङ्जाको कार्यसम्पादन, सुरक्षा व्यवस्थापन तथा सेवा प्रवाह अझ प्रभावकारी र परिणाममुखी बन्ने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij