काठमाडौँ : आर्थिक २०८३/८४ को बजेट नेपाली कागजको फाइलमा ल्याइएको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विगतको परम्परा तोड्दै नेपाली कागजको फाइलमा बजेट ल्याएका हुन् ।
यसअघि व्रिफकेसमा बजेट ल्याउने गरिएको थियो । अर्थमन्त्री वाग्ले अर्थ मन्त्रालयबाट बजेट फाइल बोकेर मन्त्रिपरिषद् बैठकमा प्रवेश गरेका छन् ।
मन्त्रिपरिषद्ले बजेट पारित गरेपछि संसदमा ४ बजे वाचन गर्ने कार्यक्रम रहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij