Logo

Nov 08 2026 | २०८३, कार्तिक २३गते

यी हुन् बाढी पहिरोका कारण अवरुद्ध मुख्य राजमार्गहरू

यी हुन् बाढी पहिरोका कारण अवरुद्ध मुख्य राजमार्गहरू

काठमाडौँ :  देशभरका विभिन्न मुख्य राजमार्गहरू बाढी, पहिरो र सडक मर्मतका कारण प्रभावित भएका छन्। प्रहरीको बिहान ०८:३० बजेसम्मको विवरण अनुसार कोशी र बागमती प्रदेशका केही खण्डहरूमा यातायात सञ्चालनमा अवरोध देखिएको छ।

कोशी प्रदेश अन्तर्गत मध्य पहाडी लोकमार्ग र मेची कोरिडोरका केही भागहरू प्रभावित भएका छन्। भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण सडक प्रभावित भए पनि हाल एकतर्फी सुचारु रहेको छ। त्यहाँ वैकल्पिक बाटो समेत उपलब्ध छ।


पाँचथरको याङवरक गाउँपालिका २ दोभानमा बाढीले गर्दा मध्य पहाडी लोकमार्ग एकतर्फी मात्र सञ्चालनमा छ।इलाम नगरपालिका–९ पुवाखोलामा बाढीका कारण मेची कोरिडोर पूर्ण रूपमा अवरोध भएको छ। हालका लागि मेची राजमार्गलाई वैकल्पिक बाटोका रूपमा प्रयोग गर्न सकिने जानकारी दिइएको छ।बागमती प्रदेशमा पनि मुख्य सडक खण्डहरूमा आवागमन प्रभावित भएको छ। बीपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डमा सम्भावित बाढीको जोखिमका कारण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।मकवानपुर स्थित कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौँ सडक खण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ४ महालक्ष्मी क्षेत्रमा सडक मर्मत कार्य भइरहेकोले १ महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको छ।

 मुग्लिन–नारायणगढ सडक खण्डको इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा पहिरोका कारण सडक एकतर्फी मात्र सुचारु छ।

 

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट