Logo

Nov 02 2026 | २०८३, कार्तिक १७गते

चट्याङका कारण रेडियो भरतपुरको प्रसारण अवरुद्ध भरतपुर

चट्याङका कारण रेडियो भरतपुरको प्रसारण अवरुद्ध भरतपुर

चितवन :   चट्याङका कारण रेडियो भरतपुर १०५.२ मेगाहर्जका केही प्रसारण उपकरणमा क्षति पुगेपछि रेडियोको नियमित प्रसारण अवरुद्ध भएको छ। रेडियोका अनुसार चट्याङका कारण ट्रान्समिटर, एसी तथा अडियो मिक्सरमा क्षति पुगेको छ। उपकरणमा आएको प्राविधिक समस्याका कारण नियमित प्रसारण सेवा प्रभावित भएको हो। रेडियो व्यवस्थापनले क्षतिग्रस्त उपकरणको मर्मत तथा प्रतिस्थापनको काम तीव्र रूपमा भइरहेको जनाएको छ। यथाशीघ्र प्रसारण सेवा पुनः सञ्चालन गर्ने प्रयास भइरहेको र श्रोतामा परेको असुविधाप्रति रेडियोले क्षमायाचना गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट