Logo

Nov 02 2026 | २०८३, कार्तिक १७गते

ई–जीपी प्रणालीमा ठेक्काका विवरण हेरफेर गर्ने तीन जना पक्राउ

ई–जीपी प्रणालीमा ठेक्काका विवरण हेरफेर गर्ने तीन जना पक्राउ

काठमाडौँ : सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई–जीपी (e-Government Procurement) प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई विभिन्न ठेक्काका विवरण हेरफेर गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।साइबर ब्यूरोका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै प्रस्तावसँग सम्बन्धित कागजात (डकुमेन्ट) परिवर्तन गरेको आरोप छ।

यस सम्बन्धमा ब्यूरोमा प्राप्त निवेदनका आधारमा गरिएको प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट संलग्नता खुलेपछि सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको थियो।

ब्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आइतबार तीनै जनालाई पक्राउ गरेको हो।पक्राउ परेका व्यक्तिहरूमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।

उक्त घटनाबारे साइबर ब्यूरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिएका हुन्।

सरकारी खरिद प्रक्रियामा प्रयोग हुने विद्युतीय प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्कासम्बन्धी कागजात हेरफेर गरिएको घटनालाई गम्भीर रूपमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट