Logo

Nov 08 2026 | २०८३, कार्तिक २३गते

एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध ३ दिनको म्याद थप

एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध ३ दिनको म्याद थप

काठमाडौँ : नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धानका लागि ३ दिनको म्याद थप भएको छ।पूर्वउपप्रधानमन्त्री समेत रहेका पौडेलमाथि अनुसन्धान गर्न विशेष अदालतले आजको मितिदेखि लागू हुनेगरी थप ३ दिनको म्याद थपेको हो। उनीमाथि अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण विभागले दोस्रोपटक १५ दिनको म्याद मागेको थियो।

विशेष अदालतका उपरजिस्ट्रार एवं प्रवक्ता कृष्णशरण लामिछानेले न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले म्याद थपको अनुमति दिएको बताए।लामिछानेले भने, ‘सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) मुद्दाको अनुसन्धान क्रममा पक्राउ परेका आरोपी विष्णुप्रसाद पौडेललाई आज अदालतबाट दोस्रोपटक दिन ३ म्याद थप भएको छ। उहाँको थप बयान तथा अन्य आरोपीहरूको समेत म्याद थप भएको छ।’

पौडेलले गरेको शेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको दाबी विभागले गर्दै आएको छ। पौडेल ८ असारमा सुर्खेतबाट पक्राउ परेका थिए। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट