Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

स्रोत नखुलेको नगद ३१ लाख ४१ हजारसहित एक जना नियन्त्रणमा

स्रोत नखुलेको नगद ३१ लाख ४१ हजारसहित एक जना नियन्त्रणमा

काठमाडौँ : प्रहरीले स्रोत नखुलेको नेपाली नगद रु ३१ लाख ४१ हजार ६२० सहित एक जानालाई बिहीबार नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा पचरौता नगरपालिका–७ घर भई काठमाडौँ कालीमाटी बस्ने २३ वर्षीय मनमोहन साह कलवार रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

उनले भने, “आज दिउँसो काठमाडौँ जम्बुडाँडास्थित पहेँलो पुलमा झोला बोकी हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा फेलापरेको स्रोत नखुलेको नेपाली रु ३१ लाख ४१ हजार ६२० सहित नियन्त्रणमा लिइएको हो ।”

निजका विषयमा प्रहरी वृत्त बौद्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij