Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते

मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त

मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त

काठमाडौँ  : सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको छ ।बुधवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

कार्की प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सचिवका रुपमा कार्यरत थिए। सुमनराज अर्याल उमेरका कारण अवसकामा गएपछि सरकारले नयाँ मुख्यसचिव नियुक्त गरेको हो।

सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्य, काठमाडौंलाई नियुक्त गरेको छ । गेटा अस्पताल कैलालीलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ ।

प्रवक्ता पोखरेलले सरकारले विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली २०८३, स्वीकृत गरेको छ। शैक्षिक परामर्श, भाषा, शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।

कारागार नियमावली, २०८३ स्वीकृत गरेको छ । मानव अधिकार सम्बन्धी छैटौँं कार्ययोजना स्वीकृत गरेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट