काठमाडौँ : गृहमन्त्री सुदन गुरुङ आफ्नै पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमको मञ्च छाडेर हिँडेका छन्।बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री गुरुङले मञ्चमा बसेर औपचारिकता निभाउने परम्परागत राजनीतिक सोच बदल्नुपर्ने बताए।
रास्वपा गोरखा–काठमाडौँ सम्पर्क विभागले आयोजना गरेको कार्यक्रममा उनले नेताहरू स्टेजमा बसेर भाषण ठोक्ने र जनता सुन्ने पुरानो परिपाटी अन्त्य हुनुपर्ने बताए।
उनले भने, ‘यो ट्रेडिसनल माइन्डसेट चेन्ज हुनुपर्यो क्या हाम्रो, मेन कुरा चाहिँ,’ उहाँहरु (सबै मतदाता) मेरो परिवारजस्तै हो, सबै जनालाई मैले भेट्नुपर्छ, समस्या सुन्नुपर्छ। भाषणले मात्रै देश बन्ने भए त भाषणले देश धेरै अगाडि पुगिसक्थ्यो।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij