Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

घरायसी विवादमा बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको ज्यान गयो

घरायसी विवादमा बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको ज्यान गयो

काठमाडौँ  रुपन्देही घरायसी विवादका क्रममा बाबुले चक्कु प्रहार गर्दा छोराको मृत्यु भएको छ । बिहीबार  रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनिहवामा ४५ वर्षीय सहसराम चौधरीले चक्कु प्रहार गर्दा उनका छोरा २१ वर्षीय सरोज चौधरीको मृत्यु भएको हो ।

घरायसी विवादका क्रममा सहसरामले सरोजमाथि चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट गम्भीर घाइते भएका सरोजको उपचारका क्रममा मृत्यु भएको हो । सरोजलाई क्रिमसन अस्पतालमा सामान्य उपचात पछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा पठाइएको थियो ।

उनको साँझ १६ः ४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । चक्कु प्रहार गर्ने सहसराम चौधरीलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट