Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

कास्कीमा ‘अपरेसन ३६५’ : मोडिफाइड ७७३ मोटरसाइकल कारबाहीमा, ५६ जना पक्राउ

कास्कीमा ‘अपरेसन ३६५’ : मोडिफाइड ७७३ मोटरसाइकल कारबाहीमा, ५६ जना पक्राउ

पोखरा : कास्की प्रहरीले अनुमति नलिई स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने तथा ध्वनि प्रदूषण फैलाउने मोटरसाइकलविरुद्ध सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत हालसम्म ७७३ वटा मोटरसाइकल कारबाहीमा परेका छन्। कारबाहीका क्रममा अभद्र व्यवहार, चोरीका मोटरसाइकल प्रयोगलगायतका गतिविधिमा संलग्न ५६ जना व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानका अनुसार साउन ७ गते राति मात्रै ३३ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो। नयाँबजार, महेन्द्रपुल, लेकसाइड, सिर्जना चोक, राष्ट्रबैंक चोक, तालचोक, गगनगौंडा र बागलुङ बसपार्कलगायतका स्थानमा गरिएको विशेष चेकिङका क्रममा ती मोटरसाइकल नियन्त्रणमा लिइएका हुन्।

प्रहरीका अनुसार अनधिकृत रूपमा मोडिफाइ गरिएका, ध्वनि प्रदूषण फैलाउने तथा चोरीका मोटरसाइकल प्रयोग गर्नेहरूविरुद्ध अभियान निरन्तर जारी रहनेछ। कास्कीलाई शान्त, सुरक्षित र व्यवस्थित बनाउन यस्ता गतिविधिमाथि कडा कारबाही गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट