Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

कारागारबाट फरार माझी पक्राउ

कारागारबाट फरार माझी पक्राउ

जनकपुरधाम : गत भदौमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा रौतहटको गौर कारागारबाट फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाय पाएर गौर कारागारमा कैद भुक्तान गरिरहेको अवस्था जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार रौतहटको कटहरिया नगरपालिका–७ निवासी ३० वर्षीय प्रभु माझीलाई प्रहरीले पक्राउ गरेको हो।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागारबाट फरार भई गाउँघरमा लुकीछिपी बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजतलास गर्ने क्रममा रौतहटको कटहरिया नगरपालिका–७ बगहीबाट निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिनुभयो ।

पक्राउ परेका माझीलाई कैद भुक्तानको लागि कारागार कार्यालय गौर रौतहटमा बुझाउने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक गौतमले बताए। वि.सं. २०६८ फागुन २५ गते ७ बजेको समयमा रौतहटको कटहरिया नगरपालिका–७ स्थित पोखरीको डिलमा पाँच वर्षीया बालिकालाई जबरजस्ती करणीपश्चात् हत्या गरेको कसुरमा सर्वोच्च अदालतले माझीलाई २० वर्ष कैद फैसला सदर गरी गौर कारागार कार्यालय पठाएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट