Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

भानुभक्तको शालिक तोडफोडको आरोपमा पक्राउ

भानुभक्तको शालिक तोडफोडको आरोपमा पक्राउ

काठमाडौँ  :  लमजुङ जिल्ला प्रहरी कार्यालयले मध्यनेपाल नगरपालिका–४, दुर्दीपुलस्थित बौद्धा रिस्ती खोलापुल नजिक रहेको भानु घाँसी संवाद पार्कमा स्थापित आदिकवि भानुभक्त आचार्य र वीरगंजवासी खड्कबहादुर थापाको शालिक तोडफोड गरी क्षति पु¥याएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

 

कार्यालयका अनुसार साउन ७ गते राति भएको घटना अनुसन्धान क्रममा व्यास नगरपालिका–७ तनहुँका स्थायी बासिन्दा हाल लमजुङमा बस्दै आएका २४ वर्षीय रोशन कुँवरलाई पक्राउ गरिएको हो ।

उनलाई लमजुङ जिल्ला अदालतबाट आपराधिक उपद्रव मुद्दामा पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट