Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

लमजुङमा भानु–घाँसीको शालिक तोडफोड आरोपमा एक जना पक्राउ

लमजुङमा भानु–घाँसीको शालिक तोडफोड आरोपमा एक जना पक्राउ

लमजुङ : लमजुङमा आदिकवि भानुभक्त आचार्य र घाँसी खड्कबहादुर ठाडा मगरको शालिक तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–७ का ३४ वर्षीय रोशन कुँवर रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। गत बुधबार मध्यनेपाल नगरपालिका–४ दुईपिप्ले बगैंचास्थित भानु–घाँसी संवाद पार्कमा रहेका भानुभक्त र घाँसीको शालिक तोडफोड भएको थियो।

इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको नेतृत्वमा खटिएको टोलीले कुँवरलाई शुक्रबार पक्राउ गरेको हो। कुँवरविरुद्ध आपराधिक उपद्रव शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट