मोरङ : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ।विराट हिन्दु समाजको आयोजनामा प्रदर्शन गरिएको हो। प्रदर्शनमा सहभागी युवाहरूले घटनाका दोषीलाई कारबाही गर्न माग गरेका छन्।
कप्तानगञ्जमा दुई समुहबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले चलाएकाे गाेली लागेर एक जनाकाे मृत्यु भएकाे थियाे भने ९ जना घाइते भएका थिए।
सोमबार साँझ विराटनगरपमा प्रदर्शनका क्रममा सामाजिक अभियन्ता आलोक साहले गोली चलाउन आदेश दिनेलाई कारबाही गर्न माग गरे।
उनले कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी विनोद घिमिरे, सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलगायतलाई कारबाही नभए देशैभर कडा आन्दोलन गर्ने चेतावनी दिए।उनीहरूले बेलुका ५ बजेदेखि ७ बजेसम्म विराटनगरका पसल बन्द गराएका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij