Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

सर्वदलिय बैठकपछि गगनले भने– प्रधानमन्त्री प्रधानमन्त्री जस्तो बन्नु पर्‍यो

सर्वदलिय बैठकपछि गगनले भने– प्रधानमन्त्री प्रधानमन्त्री जस्तो बन्नु पर्‍यो

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दलहरू एकमत हुनुपर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रसरतामा सुनसरीमा विकसित पछिल्लो घटनाक्रम र सामाजिक सद्भावको विषयमा छलफल गर्न बुधवार सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताए।

सभापति थापाले वर्तमान संवेदनशील परिस्थितिमा प्रमुख राजनीतिक दलहरूलाई एकै ठाउँमा ल्याउने रास्वपा र सभापति रवि लामिछानेको पहलकदमीप्रति आभार प्रकट गरे। उनले नेपाली समाजको मेरुदण्डका रूपमा रहेको धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कुनै उपहार नभई नेपाली नागरिकहरूको साझा प्रयत्नबाट आर्जित पूँजी भएको उल्लेख गर्दै यसलाई जोगाउन सबैले धैर्यता र संयमता अपनाउनुपर्ने बताए।

नेपाली का‌ग्रेसले यस विषयमा आफ्नो धारणा प्रष्ट पार्दै मातहतका पार्टी पङ्क्ति र स्थानीय जनप्रतिनिधिहरूलाई व्यक्तिगत तवरमै टेलिफोन गरी स्थानीय स्तरमा संवाद र सद्भावका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइसकेको जानकारी गराए। 

सभापति थापाले प्रभावित जिल्लाहरूमा सर्वदलीय प्रयासलाई तिब्रता दिँदै सम्भावित अवाञ्छित गतिविधि रोक्न प्रशासन, प्रेस र राजनीतिक दलहरूले ‘प्रो–एक्टिभ’ भएर लाग्नुपर्ने बताए। 

सभापति थापाले संकटको समयमा सरकारको उपस्थिति प्रभावकारी नदेखिएको भन्दै आलोचना गरे। उनले प्रधानमन्त्री बालेन साह स्टाटसका भरमा चलेको उल्लेख गरे। प्रधानमन्त्रीलाई प्रधानमन्त्री जस्तो बन्न गगन थापाको आग्रह छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट