कपिलवस्तु : कपिलवस्तुको तौलिहवा–बहादुरगञ्ज हुलाकी सडक खण्डअन्तर्गत महाराजगन्ज नगरपालिका–२ स्थित गैँडहवा चोक नजिक ट्रकको ठक्करबाट एक बालकसहित ३ जनाको मृत्यु भएको छ।
बहादुरगञ्जबाट तौलिहवातर्फ आउँदै गरेको ना ५ ख २३६४ नम्बरको ट्रकले साइकलयात्रीलाई ठक्कर दिँदा स्थानीय १२ वर्षीय आनन्द कहार, महाराजगन्ज नगरपालिका–३ का ७५ वर्षीय घोल्लर कुर्मी र ४५ वर्षीय विजयकुमार बनियाको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बुधबार बिहान तीव्र गतिमा रहेको ट्रकले अनियन्त्रित भई उनीहरूलाई ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । मृतकहरूको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल कपिलवस्तुमा राखिएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij