काठमाडौँ : नारायणी अस्पतालमा भएको घटनाका कारण जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुखको जिम्मेवारी फेरिएको छ। पर्सामा रहेका प्रहरी उपरीक्षक सुदिपराज पाठकलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा तानिएको छ भने त्यहाँ प्रहरी उपरीक्षक पवनकुमार भट्टराईलाई पठाइएको छ।
भट्टराई हाल जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता थिए। नेपाल प्रहरीका प्रवक्ता डिआइजी अविनारायण काफ्लेले सरुवा भएको जानकारी दिएका हुन्।
वीरगञ्जको नारायणी अस्पतालमा चिकित्सक कुटिएको घटनापछि प्रहरीको भूमिकाको आलोचनना भइरहेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij