Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

सुनसरीको पछिल्लो अवस्थाबारे प्रधानमन्त्रीले लिए सुरक्षा निकायका प्रमुखसँग विस्तृत ब्रिफिङ

सुनसरीको पछिल्लो अवस्थाबारे प्रधानमन्त्रीले लिए सुरक्षा निकायका प्रमुखसँग विस्तृत ब्रिफिङ

काठमाडौँ  :  प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको पछिल्लो सुरक्षा अवस्था तथा सामाजिक सद्भावसँग सम्बन्धित चुनौतीबारे सुरक्षा निकायका प्रमुखहरूसँग बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विस्तृत ब्रिफिङ लिएका छन्।

प्रधानमन्त्रीले गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन्।

भेटका क्रममा प्रधानमन्त्री शाहले नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न, शान्ति–सुरक्षा कायम राख्न तथा सामाजिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्न तत्वमाथि कडा निगरानी राख्न निर्देशन दिएका थिए।

साथै, उनले सुरक्षा निकायलाई उच्च सतर्कताका साथ प्रभावकारी रूपमा परिचालन भई कानूनको पूर्ण कार्यान्वयन गर्न तथा कुनै पनि अप्रिय घटना हुन नदिन आवश्यक सबै उपाय अवलम्बन गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट