Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

२३ वर्षीया पूजाको रहस्यमय मृत्यु : श्रीमानसहित पाँच जना पक्राउ

२३ वर्षीया पूजाको रहस्यमय मृत्यु : श्रीमानसहित पाँच जना पक्राउ

कैलाली :  धनगढी उपमहानगरपालिका–४ की २३ वर्षीया पूजा धानुकको शंकास्पद मृत्यु भएपछि प्रहरीले उनकी श्रीमानसहित परिवारका पाँच जनालाई पक्राउ गरेको छ।

विवाह भएको करिब छ महिनामै कुटपिट गरी हत्या गरिएको आरोप माइती पक्षले लगाएका छन्। छोरीको हत्या गरिएको भन्दै बुबाले पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। जाहेरीका आधारमा प्रहरीले श्रीमान्, हजुरबुबा, हजुरआमा, बुबा र बहिनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए।

विवाह भएको करिब छ महिनामै हत्या भएको दाबी गर्दै उनीहरूले न्यायको माग गरेका छन्। प्रहरीले पक्राउ घटनामाथि अनुसन्धान अघि बढाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार साउन ११ गते पूजा आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। श्रीमान्ले नै उनलाई उपचारका लागि नवजीवन अस्पताल पुर्‍याएका थिए, जहाँ चिकित्सकले मृत घोषणा गरेका थिए।

शव परीक्षणका लागि नेपालगञ्ज लगिएको छ। सेती प्रादेशिक अस्पतालमा फरेन्सिक विशेषज्ञ चिकित्सक उपलब्ध नभएको भन्दै माइती पक्षले शव परीक्षण नेपालगञ्जमा गराउन माग गरेका हुन्।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट