जनकपुर : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक हिन्दु युवाको मृत्यु भएको घटनाको विरोधमा जनकपुरमा प्रदर्शन गरिएको छ।
हिन्दू सम्राट सेनाको आह्वानमा आयोजित प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले जनकपुर बजार क्षेत्र बन्द गराउँदै विरोध जनाएका हुन्। प्रदर्शनका कारण जनकपुरका मुख्य बजार तथा सडक क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो।
प्रदर्शनकारीहरूले पूर्व–पश्चिम राजमार्गसहित विभिन्न चोकमा टायर बालेर विरोध प्रदर्शन गरेका छन्। केही स्थानमा साइकल र मोटरसाइकल सञ्चालनसमेत रोकिएको थियो, जसका कारण सर्वसाधारणको आवतजावत प्रभावित भएको छ।
प्रदर्शनका क्रममा सहभागीहरूले गृहमन्त्रीको राजीनामाको माग गर्दै नाराबाजी गरेका छन्। केही स्थानमा प्रदर्शनकारी र प्रहरीबीच सामान्य झडपसमेत भएको प्रहरीले जनाएको छ। घटनापछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ भने अवस्था नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij